२५ भदौ २०८१, मङ्गलबार

के हुन्छ कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया?

  • ५ पुष २०७९, मङ्गलबार
Image

काठमाडौं- कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ।संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ।

दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ।दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ।

पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन्।दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ।

निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ।शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ।

अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ। परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष (महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी।शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन्।) र, १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन्।

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता र बुधबार मतदानको कार्यतालिका तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर