३२ असार २०८१, सोमबार

२६ जना सांसदहरुले मातृभाषामा शपथ लिने

  • ७ पुष २०७९, बिहिबार
Image

काठमाडौं- चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज संघीय संसद सचिवालयले शपथग्रहण गराउने भएको छ। धेरैजसोले  सांसदहरुले नेपाली भाषामा शपथ लिँदा २६ जना नवनिर्वाचित सांसदले भने मातृभाषामा शपथग्रहण गर्ने भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा १७५ जना प्रत्यक्षतर्फ चुनिएका र ११० जना समानुपातिकतर्फ चुनिएका सांसद छन्। 

बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दिउँसो १ बजे संसद् भवनमा सांसदलाई शपथ खुवाउने छन्। 

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन्। जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन्। यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन्।

मैथली भाषामा तीन जनाले शपथ लिने छन्। यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन्। साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर