५ जेठ २०८१, शनिबार

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

  • ८ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्। धादिङबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एस)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन लागेका हुन्।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्री पाण्डेले शुक्रबार पदबाट राजीनामा बताए। 

मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिनेबारे बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा समेत जानकारी गराइएको जनाइएको छ। नेपालको संविधानमा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा दिने व्यवस्था गरेको छ। 

मुख्यमन्त्रीको राजीनामापछि पद रिक्त भए पनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेसमेत संविधानमा व्यवस्था रहेको छ।   

प्रतिक्रिया

सम्बन्धित खवर