काठमाडौं- करण राई 'द भ्वाइस अफ नेपाल'को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार राति भएको ग्राड फिनालेमा फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन्।
ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन्। करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्।
टिम प्रमोदकी योगेश मगर सेकेन्ड रनरअप घोषित भए। टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation