१३ माघ २०७९, शुक्रबार

राहदानी विभागको सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली

  • २१ पुष २०७९, बिहिबार
Image

काठमाडौं-  राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी अइडिमियाले आफ्ना विशेषज्ञ पठाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर