१५ चैत २०८०, बिहिबार

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले सोमबार विश्वासको मत लिँदै

  • १ माघ २०७९, आइतबार
Image

काठमाडौं- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले सोमबार विश्वासको मत लिने भएका छन्। सोमबार बस्ने मधेस प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभाले जनाएको छ।

यादव पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची सहित प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।

६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवको पक्षमा पछिल्लो समय लोसपाले पनि साथ दिएपछि ७४ भन्दा बढी सांसद देखिएका छन्। उनी मुख्यमन्त्री नियुक्त हुँदा लोसपा सरकारमा सामेल हुने टुङ्गो लागेको थिएन। तर अहिले लोसपा समेत सरकारमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ।

मधेस प्रदेश सभामा नेकपा एमालेका २४, जसपाका १८, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १, नागरिक उन्मुक्तिका १ गरी कुल ७४ भन्दा बढी सांसद सत्ता पक्षमा छन्। विपक्षमा नेपाली कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका ७ जना गरी २९ जना देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर