१५ चैत २०८०, बिहिबार

दार्चुलाको चमेलिया नदी किनारमा महिलाको शव भेटियो

  • ८ माघ २०७९, आइतबार
Image

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो।

अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए। शवको पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर