७ वैशाख २०८१, शुक्रबार

मधेश प्रदेशबाट निर्वाचित दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

  • ८ माघ २०७९, आइतबार
Image

काठमाडौं- मधेश प्रदेशबाट निर्वाचित दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। महोत्तरीको क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन्।

आइतबार केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।  साह र जैसवाल जसपा प्रवेश गरेसँगै मधेस प्रदेशसभामा जसपाका १८ सांसद पुगेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर