१३ माघ २०७९, शुक्रबार

अमेरिकाको लस एञ्जल्समा गोली चल्दा १० जनाको मृत्यु

  • ८ माघ २०७९, आइतबार
Image

काठमाडौं- अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो।

गोली हान्ने फरार छन् र उनले गोली हान्नुको कारण खुलेको छैन। अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन्।

गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर