काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नियुक्त भएका छन्। प्रधानमन्त्री दाहालले आज गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
यसअघि उनले प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै तथा स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका थिए। गंगा प्रधानमन्त्री दाहालकी छोरी हुन्।
त्यस्तै स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल नियुक्त भएका छन् । शर्माले प्रेस संयोजक तथा तिमिल्सिनाले प्रेस विज्ञको जिम्मेवारी पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation