काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनियताको शपथ लिएकी छन्। सोमबार उपसभामुख मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन्।
उपसभामुख मगरले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation