काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन्।
उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि एक स्टाटस लेख्दै मेयर शाहले यो राज्य चरम असफलताको कारण हो भनेका छन्।
उनले भनेका छन्, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्।’
सत्तामा रहेकाहरू सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छ।
सञ्चारमाध्यमहरूले पनि कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार गर्नुपर्नेमा अमुक व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर समाचार बनाउन व्यस्त रहेको उनको भनाई छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation