काठमाडौं- नेपाल आयल निगमले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको हो।
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी, भौतिक तथा मानवीय क्षति हुने भएकाले खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो। मंगलबार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए।
३६ वर्षीय आचार्यले संसद् भवन अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि निगमले सूचना जारी गरेको हो। यसअघि प्रहरीले पनि सूचना जारी गर्दै खुल्लमखुल्लापेट्रोलियमपदार्थ बिक्रीवितरण नगर्न भनेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation