काठमाडौं- सरकारले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएको विषयमा छानबिन गर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएको विषयको छानबिन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
मंगलबार आचार्यले आफैँलाई आगो लगाएका थिए। बुधबार बिहान उपचारका क्रममा उनको निधन भएको थियो। आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले पाएका हण्डर र भोगेका हैरानीबारे लेखेका थिए।
आचार्यको निधनपछि उनले उठाएका विषयबारे नागरिकस्तरमा व्यापक टिप्पणी भएको थियो। जसका कारण बुधबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा छानबिन गर्ने निर्णय लिएको हो।
गृहमन्त्री लामिछानेका अनुसार आचार्यले उठाएका सबै विषयमा छानबिन गरी यथासक्य चाँडो प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation