सुर्खेत- कर्णालीका नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेकपा एमालेबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्माले भूमि, व्यवास्था, कृषि तथा सहकारी र सुर्खेतका कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्।
नयाँ मन्त्रीहरुलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै, गत पुस २८ गते बिनाविभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation