काठमाडौं- सरकारले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा तोकेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा दिने निर्णय गरेको हो।
यस्तै बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात् पनि चलिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरेको हो। विना अनुमति सञ्चालित सबै क्रसर उद्योगलाई बन्दै राख्ने बैठकले निर्णय गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation