सुर्खेत- कर्णाली प्रदेश सरकारमा उर्मिला विश्वकर्मा राज्यमन्त्री बनेकी छन्। मन्त्रिमण्डललाई समावेशी बनाउन भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित डोल्पाकी सांसद विश्वकर्मालाई राज्यमन्त्री बनाइएको हो।
उनलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको छ। ७ सदस्यीय मन्त्रिपरिषदमा सबै जना पुरुष मन्त्री बनेपछि आलोचित बनेको कर्णाली सरकारले समावेशीतालाई ख्याल गर्दै राज्यमन्त्री बनाएको हो।
उनले पनि पद तथा गोपनीयताको शपथ लिइसकेकी छन्। उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ खुवाए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation