१३ माघ २०७९, शुक्रबार

आत्मदाहको ठूलो कारण राज्य बताउने बालेनलाई कांग्रेस नेताको जवाफ : तपाईंलाई पनि यस्तै आरोप लाग्ला कि भन्ने चिन्ता छ

  • ११ माघ २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रगतीमान रन्जितले काठमाडौं महानगरका मेयर बालेन शाहलाई निर्वाचन अगाडि र निर्वाचित भइसकेपछि गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सुझाव दिएका छन्।

समाजिक संजालमार्फत उनले मेयर शाहलाई आगामी दिनका योजनाबारे पनि प्रष्ट पार्न आग्रह गरे।  नेता रन्जितले नौ महिने कार्यकालको उपलब्धि  र निजि सम्पत्ति र संरचनामा डोजर लागेको आक्षेपबारे पुष्टि गर्न माग गरे। मेयर शाहलाई नगरबासिहरूसँग भेटघाट नगरेर मौन बस्न नसुहाउने उनको भनाइ छ।

'अब तपाईंको नौ महिने कार्यकाल बच्चा जन्मिएर रूने समय भैसक्यो तसर्थ अब समय मिलाएर  अहिलेसम्मको आफ्नो कार्यकालमा गरेका उपलब्धि र तपाई माथि लागेका निजि सम्पत्ति र संरचनामा डोजर लगाएको आक्षेपबारे पुष्टि साथै निर्वाचन अगाडि र निर्वाचित पश्चात निर्णय गरेका प्रतिबद्धताको कार्यान्वयनको प्रगति बिवरण तथा आगामि दिनमा गरिने योजनाहरूबारे तत्काल श्वेत पत्र जारी गरिएन भने तपाई बिरूध्द काठमाडौं तातिन सक्ने सम्भावना बढिरहेको छ।' उनले भने,

'तसर्थ मेयर जस्तो ब्यक्ति मौन बसेर नगरबासिहरूसँग भेटघाट नगरेर तथा  पिडित भनिएकाहरूलाई चित्त बुझाउने प्रयास नै नगरेर बस्नु तपाईं जस्तो अभिभावकिय पदलाई सुहाउँदैन।'

महानगरबाट धेरै मानिस पीडित भएको र यसले समस्या झन बढ्नेतर्फ संकेत गर्दै उनले महानगरप्रहरीहरूको दुर्व्यवहारका काठमाडौंवासी आँसु झार्न बाध्य भएको उल्लेख गरे। पिडितको आवाज बेलैमा  सुनिएन भने कस्तो दर्दनाक घटना हुनसक्छ भन्ने एउटा ज्वलन्त उदाहरण ईलामका प्रेम प्रसाद आचार्य रहेको उनले बताए। 

उनले भने, 'हिजो तपाईको बिजयमा खुशीले रसाएका आँखाहरू अहिले तपाईको महानगरप्रहरीको दुर्व्यवहारका कारण गहभरी आँसु भरिएका छन्। पिडितको आवाज सुनिएन भने कस्तो दर्दनाक घटना हुनसक्छ भन्ने एउटा ज्वलन्त उदाहरण इलामका प्रेम प्रसाद आचार्य हामी सबैले देखिसक्यौ।'

मेयर शाहले आत्मदाहका धेरै कारण र सङ्केतहरू भएपनि ठूलो कारण राज्य भएको बताएका थिए। काठमाडौंमा राज्यबिहिनताको अवस्था आउन नदिन कांग्रेस  नेता रन्जितले सचेत समेत गराए।

'यो घटना बारे तपाईको पनि प्रेश विज्ञप्ति (फेसबुक स्टाटस) पढ्न पायौँ। तपाईंले लगाउनु भएको राज्यविहीनताको आरोपमा हामी पनि सहमत छौ। काठमाडौं जस्तो जिवित देवता कुमारी तथा देवी देवताहरूको बासस्थान भएको भूमिको मेयरलाई पनि यस्तै आरोप लाग्ला कि भन्ने हामी महानगरवासीहरुलाई चिन्ता छ।' 

प्रतिक्रिया

सम्बन्धित खवर