१४ माघ २०७९, शनिबार

आजको मौसम : आंशिकदेखि सामान्य बदली

  • १२ माघ २०७९, बिहिबार
Image

काठमाडौं- हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ विभागले जनाएको छ।

तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर