अबुजा- मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ।
विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन्। घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन्।
विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ। नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation