नयाँ दिल्ली- इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ।
भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्तिहरू उपस्थित थिए।
सन् १९५० मा भारतको संविधान लागू भएको थियो। कार्यक्रमको शिलशिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए।
कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रङ्गीचङ्गी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation