१६ चैत २०८०, शुक्रबार

मेयर शाह र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

  • १२ माघ २०७९, बिहिबार
Image

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। आज दिउँसो भएको भेटमा शाह र लामिछानेबीच काठमाडौं महानगरमा रहेको सुकमबासी बस्ती व्यवस्थापनका विषयमा छलफल भएको हो।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सुकुमबासी बस्तीमा डोजर चलाएपछि यसले ठूलो रूप लिएको छ। यस विषयमा छलफल गर्न मेयर शाह गृह मन्त्रालय पुगेका हुन्।

मेयर  साहले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरे। उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए।

गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए। तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर