१८ चैत २०७९, शनिबार

रविका वकिललाई न्यायाधीशको प्रश्न : अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी कसरी बन्यो?

  • १३ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- न्यायाधीश ईश्वर खतिवडाले नेपाली नागरिकता खारेज भइसकेको व्यक्तिको कसरी नेपालकै राहदानी जारी भयो भन्ने प्रश्न गरेका छन्। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता त्याग नगर्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन्। इजलासमा पनि गृहमन्त्री लामिछानेका वकिलहरूले पनि अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन्।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले रवि लामिछानेको नेपाली राहदानीबारे प्रश्न गरेका हुन् । प्रतिवादीका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमलाई इजलासमा न्यायाधीश खतिवडाले नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा कसरी नेपालकै राहदानी जारी भयो ? भन्ने प्रश्न गरेका हुन्।

'नागरिकता नै खारेजीमा परेको मानिसका नाममा राहदानी जारी हुन कसरी सम्भव भयो ? स्वत: खारेजीमा परेको नागरिकताबाट राहदानी जारी गर्न नेपालको कानुनले कसरी दिन्छ ?,' न्यायाधीश खतिवडाले प्रश्न गरे।

जवाफमा अधिवक्ता गौतमले रविले नेपाली नागरिकता नै नत्यागेको अवस्थामा पुन:प्राप्तिको प्रश्नै नउठ्ने तर्क गरे। 'गौतमले उम्मेदवारको योग्यताका विषय संवैधानिक इजलासले हेर्ने हो तर त्यसका लागि निश्चित हद म्याद तोकिएको छ। त्यसबमोजिम रिट निवेदकले ल्याएका छैनन्,' उनले भने। 


प्रतिक्रिया

सम्बन्धित खवर