१८ चैत २०७९, शनिबार

कृषि कार्यक्रममा सहभागी हुन कागेश्वरी मनोहराको अनुरोध

  • १३ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले कृषि कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको छ। बिहीबार नगरपालिकाले एक सूचना जारी गर्दै अनुदानमा आधारित कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो।

नगरपालिकाले काउ म्याट वितरण, गोठ सुधार/निर्माण र बाख्रा पालन सहयोग कार्यक्रममा सहभागी हुन अनुरोध गरेको पशु चिकित्सा शाखा प्रमुख राम बहादुर देउजाले जानकारी दिए।

सो कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले अनुदान रकम प्रदान गर्ने  सूचनामा उल्लेख गरिएको छ। इच्छुक कृषक,सहकारी संस्था,कृषि समूह तथा निजि संस्थाहरुले सूचना प्रकासित भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरिएको छ। 

निवेदन र संक्षिप्त व्यवसायिक ढाँचा तथा कार्यक्रम संचालन प्रक्रिया नगरपालिकाको वेवसाइट https://kageshworimanoharamun.gov.np/en बाट डाउनलोड गर्न सकिने नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर