१६ वैशाख २०८१, आइतबार

कांग्रेसले बोलायो संसदीय कार्यसमितिको बैठक

  • १८ माघ २०७९, बुधबार
Image

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए। माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दैछ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ। कांग्रेसले उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ। उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर