९ असार २०८१, शनिबार

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु : बसमा आगजनी, राजमार्ग अवरुद्ध

  • १९ माघ २०७९, बिहिबार
Image

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए।

उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए। नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो।

स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर