काठमाडौं- नेपाल टेलिकमले ग्राहकहरुलाई सेवा दिने विषयमा चरम लापरबाही गरेको छ। नेपाल टेलिकमका पोष्टपेड प्रयोगकर्ताहरुको भएको ब्यालेन्स नै गायब पारेर सेवामा रोक लगाइदिएको छ।
बुधबार रातिदेखि ग्राहकरुको सिममा ब्यालेन्स सकिएको भन्दै वान वे बार गरेको म्यासेज पठाएको छ। देशभरबाट यस्तो गुनासो आउँदा पनि टेलिकमले भने यसबारे कुनै जानकारी गराएको छैन।
यसबारे बुझ्न खोज्दा पनि नेपाल टेलिकमले कुनै जवाफ दिएको छैन। नेपाल टेलिकमले लुटधन्दा सुरु गरेको त होइन भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। यसको तालुकवाला मन्त्रालयले पनि यसरी सेवा अवरुद्ध गर्दै देशभरका लाखौं ग्राहकको भएको ब्यालेन्स गायब पार्दा कुनै एक्सन लिएको छैन।
यसअघि पनि सञ्चारमन्त्रीमा रेखा शर्मा नियक्त भएकै दिन दिनभर सेवा पूर्णरुपमा अवरुद्ध गर्दा पनि टेलिकमले त्यो कसरी भयो भन्ने कुनै जानकारी दिएको थिएन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation