काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै म्युजिक भिडियो सार्वजनिक गरेको छ। नेविसंघ केन्द्रीय प्रचार-प्रसार समितिले उक्त म्युजिक भडियो ल्याएको हो।
म्युजिक भिडियो कृष्ण बिकको शब्द र लक्ष्मी बम मल्ल र बिककै स्वर रहेको छ।
मालाश्रृ डिजिटल रेकर्डिङले एरेन्ज गरेको उक्त म्युजिक भडियोका एरेन्जर बिनोद बाजुरेली रहेका छन्। डिजिटल एजेकेशन र आन्टरपेर्नरसिप र आधुनिक प्रविधिसहितको नेतृत्वले नै समाजमा परिवर्तन ल्याउँछ भन्ने मुल नाराका साथ उक्त म्युजिक भिडियो ल्याइएको हो।
विद्यार्थीका पीडामा मलम लगाउने र मसाल र कलम साथमा लिने नेविसंघ भएको जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation