१४ वैशाख २०८१, शुक्रबार

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख दिने

  • ४ चैत २०७९, शनिबार
Image

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई ६ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन्।

यस्तै टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिइनेछ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर