काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको छ।
सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ।
कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पुर्याइने परम्परा छ।
सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शीतलनिवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेलसमक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पुर्याएका हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation