१६ चैत २०८०, शुक्रबार

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

  • १२ वैशाख २०८०, मङ्गलबार
Image

काठमाडौं- तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरे।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे। त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत पाएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो। तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर