१५ चैत २०८०, बिहिबार

सामाजिक सञ्जालमा गाली गर्नेमाथि कारवाही गर्न कांग्रेस चितवनको माग

  • १३ वैशाख २०८०, बुधबार
Image

काठमाडौं- सामाजिक सञ्जालमा गाली गलौच गर्नेमाथि कारवाही गर्न कांग्रेस चितवनले माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सामाजिक सञ्जाल मार्फत व्यक्तिगत चरित्र हत्या गर्ने, अपशब्दहरू प्रयोग गर्ने, जीवित व्यक्तिको फोटो हाली हार्दिक श्रद्धाञ्जली दिने जस्ता गलत कार्य भएको प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सामाजिक सञ्जाल टिकटक मार्फत  कांग्रेस क्षेत्रिय कार्यसमिति, क्षेत्र नं. २ चितवनका सचिव श्री निर्मल कुमार रानाको फोटो प्रयोग गरी फोटोमा काठमाडौं जाने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएकोले हार्दिक श्रद्धाञ्जली लेखी भ्रामक समाचार सम्प्रेषण गरीएको भन्दै कांग्रेसले घोर भर्त्सना गरेको छ। साथै यस्तो कार्यमा संलग्नमाथि कांग्रेसले कानुनी कारवाहीको माग समेत गरेको छ।

'हालै सम्पन्न चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उप निर्वाचनको प्रचार-प्रसारका क्रममा फेसबुक, टिकटक लगाएतका सामाजिक सञ्जाल मार्फत व्यक्तिगत चरित्र हत्या गर्ने, अपशब्दहरू प्रयोग गर्ने, जीवित व्यक्तिको फोटो हाली हार्दिक श्रद्धाञ्जली दिने जस्ता गलत कार्य भएको प्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ। यसै क्रममा सामाजिक सञ्जाल टिकटक मार्फत @saney01234 युजर आईडि रहेको व्यक्तिले हाम्रो पार्टी नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति, क्षेत्र नं. २ चितवनका सचिव श्री निर्मल कुमार रानाको फोटो प्रयोग गरी फोटोमा काठमाडौं जाने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएकोले हार्दिक श्रद्धाञ्जली लेखी भ्रामक समाचार सम्प्रेषण गरिएकोले उक्त समाचार प्रति नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको र यस्ता निन्दनीय कार्यहरूको हामी घोर भर्त्सना गर्दछौ।' कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर