१४ जेठ २०८०, आइतबार

चट्याङ लागेर पश्चिम बङ्गालमा १५ जनाको मृत्यु

  • १५ वैशाख २०८०, शुक्रबार
Image

काठमाडौं- मेघगर्जन र चट्याङसँगै भारतको पश्चिम बङ्गालमा बिहीबार भीषण वर्षा भएको छ। चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएको तथा कैयौँ घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ। चट्याङ लागेर  घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ। सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर