१५ चैत २०८०, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : बालकृष्ण खाण

  • ३१ वैशाख २०८०, आइतबार
Image

काठमाडौं- पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन्।

सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाडले संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'म निर्दोष छु। नक्कली शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन।' 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाणलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले वैशाख २७ गते निवासबाटै पक्राउ गरेको थियो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि सँगै पक्राउ गरेको थियो।

सोही दिन जिल्ला अदालत काठमाडौंमा हाजिर गराएको प्रहरीले पूर्वगृहमन्त्री खाणलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। आज फेरि म्याद थपका लागि प्रहरीले पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर