१६ चैत २०८०, शुक्रबार

डडेल्धुराबासीको जीवनस्तर सुधार्छु भन्‍ने सागर ८ महिनाको कोठा भाडा नतिरी सम्पर्कविहीन

  • ३ जेठ २०८०, बुधबार
Image

काठमाडौं- डडेल्धुराको जनताको जीवनस्तर सुधार गर्ने र उनीहरुका लागि नै काम गर्छु भन्दै प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरामा चुनाव लडेका सागर ढकाल ८ महिनाको कोठा भाडा नतिरी सम्पर्कविहीन भएका छन्। 

उनले चुनावका क्रममा कोठाभाडा लिएर डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार दिएका ढकालले भाडा नतिरी सम्पर्कविहीन भएको पाइएको छ। 

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले जानकारी दिएकी छन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ।

‘महिनाको तीन हजारका दरले भाडा हो। सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो। असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन्। ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाइ जनक ढकालले जानकारी दिए।

‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो। तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु। दाइ १७/१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ।’

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर