१४ जेठ २०८०, आइतबार

अमेरिकाले भन्‍यो - नेपालमा धर्म निरपेक्षता खारेज गराई हिन्दु राज्य पुनर्स्थापना गर्न भारतले लगानी गर्‍यो

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- नेपालमा पछिल्लो हिन्दु राज्य स्थापनाका लागि जोडतोडका साथ आवाजहरु उठिरहेका छन्। यस विषयमा सात समुद्रपारी रहेको कूटनीतिक सम्बन्ध भएको मित्र राष्ट्र अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको खुलासा गरेको छ।

नेपालको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२२ मा अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दू राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख छ।

अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन अमेरिकाले प्रकाशन गरेको छ।

यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गर्ने गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रतिवेदनमा नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको रूपमा स्थापित गरे पनि वास्तविकता त्यस्तो नभएको भन्ने कुरा राखिएको छ।

अमेरिकी प्रतिवेदनमा नेपालको संविधानले एक धर्मबाट अर्को धर्ममा धर्म परिवर्तन गर्न निषेध गरेको विषय समेत उल्लेख गरेको छ। अमेरिकाले नेपालको यो कानुनी व्यवस्थालाई लिएर चिन्ता गरेको संकेत गरेको छ।

अमेरिकाले यस्तो भनिरहँदा सोच्न योग्य कुरा के भने केही महिनाअघि बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल विश्वकै तीव्ररुपमा क्रिश्चियन धर्म फैलिरहेको मुलुक भएको रिपोर्ट सार्वजनिक गरेको थियो।

भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनले गलत र भ्रामक सूचना प्रकाशित गरेको भन्दै चर्को आलोचना गरेको छ। 

अमेरिकाले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले विश्वका करिब २०० देशमाथि धार्मिक स्वतन्त्रताको बिषयलाई लिएर आफ्ना दूतावासले संकलन गरेको सूचनाका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर