६ वैशाख २०८१, बिहिबार

सञ्‍चार क्षेत्रका विषयमा के छ सरकारको आगामी नीति तथा कार्यक्रम?

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ। 

नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाउने सरकारको नीति तथा कार्यक्रममा छ। 

यस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा पनि सरकारको  नीति तथा कार्यक्रममार्फत गरिएको छ।

पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिने

सरकारले पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिने बताएका हुन्।

'पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई जेष्ठ पत्रकार सम्मानवृत्ति, द्दन्द्द पीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटनाको बिमाका साथै महिला पत्रकार एंव विभिन्न भाषाभाषी र समुदायका पत्रकारितालाई प्रोत्सहान गरिने छ,' उनले भने । 

श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताए । खोज पत्रकारितालाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर