सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेका हुन्। राष्ट्रपति पौडेल शितल निवासबाट संघीय संसद भवन नयाँ बानेश्वर जाँदा सडक खाली गराइएको थिएन।
सडक खाली नगरी राष्ट्रपति शितल निवासबाट संघीय संसद भवन पुगेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार सामान्य ट्राफिक व्यवस्थापनकै बीच राष्ट्रपतिको सवारी भएको हो।
‘राष्ट्रपतिको सवारी हुँदा स्पेशल कार्गेट थिएन। संघीय संसद भवनको गेटबाट मात्र कार्गेट थियो,’ उनले भने, ‘विगतमा शितल निवासबाटै कार्गेट हुन्थ्यो।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation