१४ जेठ २०८०, आइतबार

जैन इन्टरनेशनल ट्रेडको अध्यक्षमा उद्योगपति बेगानी नियुक्त

  • ७ जेठ २०८०, आइतबार
Image

काठमाडौं- जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल (जितो फाउन्डेशन) को अध्यक्ष पदमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन्। अर्गनाइजेसनको तेस्रो साधारण सभाबाट उनी अध्यक्ष पदमा नियुक्त भएका हुन्।

उनको कार्यकाल २ वर्षको रहनेछ। उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना बेगानी ग्रुपको निर्देशक समेत हुन्। 'उच्च आर्थिक समृद्धि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने, हिंसामुक्त गरिबीमुक्त र रोगमुक्त संसारमा मानवलाई समृद्ध बनाउन सक्दो योगदान गर्नेछु' उनले भने 'ज्ञान सेवा र आर्थिक सशक्तिकरणको लागि अहम योगदान पुर्‍याउनेछु।' 

जैन अन्तर्राष्ट्रिय व्यापार संगठन दुरदर्शी जैनहरूको एक अदितिय समूदाय रहेको उनले दाबी गरे। ११ देशमा सञ्चालनमा रहेको उक्त संस्थामा विश्वभर १४ हजार व्यावसायी आवद्ध रहेका छन्। यो संस्थाले सन् २०२० देखि नेपालमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर