१४ जेठ २०८०, आइतबार

रवि लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति : घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ

  • ११ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- सर्वोच्च अदालतमा आफूविरुद्ध फेरि मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। 'घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने' भन्दै उनले गैरराजनीतिक अभिव्यक्ति दिएका हुन्।

उनीविरुद्ध युवराज सफलले दायर गरेको मुद्दा बुधबार दर्ता भएको छ। मुद्दा दर्तापछि अदालतको प्रक्रियाअनुसार जवाफ दिनुपर्ने लामिछानेले फेसबुकमा धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन्।

सार्वजनिक पदमा रहेकाबाट जवाफदेहिता खोज्ने प्रक्रिया स्वाभाविक हो। तर लामिछानेले भने जवाफको सट्टा आफूलाई 'इरिटेट' गरिएको बताएका छन्। उनले भनेका छन्, 'मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।'

अमेरिकी राहदानीको सक्कल निस्सा उनले बुधबार मात्रै बुझाएका छन्। अदालतले उक्त निस्सा झिकाउने आदेश गरेपछि उनले बुझाएका हुन्। यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५ असार ६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको उनले बताएका छन्।

उनले सर्वोच्च अदालतको  मिति २०७९ माघ १३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको उल्लेख गरेका छन्। अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर