१४ जेठ २०८०, आइतबार

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप संघर्ष गर्ने

  • ११ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप संघर्षका कार्यक्रम गर्ने भएको छ। पार्टीको मोर्चा संगठन विभागको नवौं बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलनको घोषणा गरेको हो।

जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा. विजय पौडेलले जानकारी दिए। उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, र्‍याली र कोणसभा गरिने छ।

संघर्षका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ।

यसअघि पनि पार्टीको मोर्चा संगठन विभागले काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर