काठमाडौं- काभा वुमन्स भलिबल प्रतियोगितामा साविक विजेता नेपाल उपाधि होडबाट बाहिरिएको छ। शुक्रबार दशरथ रंगशालास्थित कभर्डहलमा भएको सेमिफाइनल खेलमा नेपाल कजास्तानसँग २–३ को सेटमा पराजित भयो।
पहिलो सेट गुमाएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगतार दोस्रो र तेस्रो सेट जितेको थियो। तर चौथो र पाँचौ सेट कजाकस्तानले लगातार जित्यो।
जितसँगै कजाकस्तान फाइलनमा पुगेको छ। उता आजै आएको अर्को सेमिफाइल खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै भारत फाइलनमा पुगेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation