३२ असार २०८१, सोमबार

काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

  • १४ जेठ २०८०, आइतबार
Image

काठमाडौं- भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतले कजाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा भारतले कजाकिस्तानलाई सोझो ३–० को सेटमा पराजित गरेको हो। भारतले यो प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दै उपाधि जित्यो । भारतले उपाधि जित्ने क्रममा कजाकिस्तानलाई २५–१५, २५–२२ र २५–१८ ले जितेको हो।

समूह चरणमा कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा पराजित गरेको भारतले नेपाललाई ३–१ को सेटमा हराएर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा उज्वेकिस्तानलाई ३–० कै सेटमा हराउँदै फाइनलमा पुगेको थियो। आजै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर