काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए। बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाइ थियो।
कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए। उनले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए।
अर्थमन्त्री महतले बजेटलाई परिणाममुखि बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation