पछिल्लो समय नेपाली कांग्रेसमा रुपान्तरणको अभियान निकै व्यापकरुपमा चलिरहेको छ। पार्टीका महामन्त्रीदेखि पार्टीमा र आम चुनावमा पराजय व्यहोरेकाहरुसम्म रुपान्तरणमा सामेल छन्।
आजभोलि केही नेताहरु महाधिवेशनको पराजय स्वीकार्न नसकेर पार्टीभित्र भाँडभैलो मच्चाउन तम्तयार भएर लागेका छन्। नेपाली कांग्रेसका आम कार्यकर्ता तथा प्रतिनिधिहरुले उनीहरुलाई नेतृत्व गर्न असक्षम भनी महाधिवेशन बाट फेल गरिसकेकाले अहिले पद बिना उनीहरु पानी बिनाको माछा जस्तै भएका छन्। छट्पटी धेरै भएको छ।
२० औं वर्ष आफूहरु एउटै पदमा बसेर केही काम गर्न नसकेका कुनै अभियानमा अगाडी नबड्नेहरु आजभोलि रुपान्तरणको नारा लिएर दिन बिताइरहेका छन्। हिजो आफू पदमा हुँदा विभिन्न लबि र समूहकै कारणले पार्टीभित्र काम गर्ने नेताहरूलाई मनोबल गिराउनको लागि कुनै पनि भूमिका नदिने अहिले आएर रुपान्तरण रे?
म लगायत हामी थुप्रै नेपाली कांग्रेसका सच्चा कार्यकर्ताहरुको एउटै जिज्ञासा छ।
रुपान्तरण के हो ?
हिजो लगातार २०/२५ बर्ष एउटै पदमा बसिरहेका तपाईंहरूले के रुपान्तरण गर्नु भयो। हाम्रो जिज्ञासा् मेटाइदिनु हुन्थ्यो कि?
बीपी कोइरालाले निरंकुश व्यवस्था र तानाशाही शाशनविरुद्ध लड्न जन्माएको यही पार्टी नेपाली कांग्रेसभित्र बसेर पञ्चेहरु सँग मिलेर बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने तपाईंहरू अहिले पनि पाटी सभापति शेर बहादुर देउवाको बिरोध गरेर त्यस्तै रुपान्तरण गर्न खोजेको हो?
हामीलाई यस्तो रुपान्तरण चहिँदैन। पदका लागी बर्गेनिङ् गरिरहेका तपाईंहरुले पार्टीभित्र कति रुपान्तरण गर्नु भयो त? तपाईंहरुले भनेको रूपान्तरण के हो? पार्टीका पदहरु परिवारका सबै सदस्य हरु लाई बाड्नुपर्छ भन्ने हो।
आफूलाई सो-घोषित पपुलर बनाएका १/२ जना नेताहरूले युवाका नाममा सधै कार्यकर्ता हरुलाई झुक्याएर पदाधिकारी बन्नुभयो पार्टी नेतृवलाई धम्क्याएर सधैँ आफ्नो पदको बार्गेनिङ गर्नु भयो तर तपाईंलाई हजारौं हजार मत दिएर बिजय गराएका ती युवाहरुलाई के गर्नु भयो?
उनीहरुलाई कस्तो रुपान्तरणको अभियान चलाउनु भयो हामीलाई जान्ने अधिकार छ होला नि? हामीलाई त लागेको छ तपाईं हरुले आफ्नो पदको गरिमा समेत जोगाउन सक्नु भएन।
तपाईंहरूको रुपान्तरले कति जना युवाहरुले ठाँउ पाए त पाटी भित्र। युवा भनेको १६ बर्षदेखि ४० बर्ष उमेर समुहको लाइ मानिन्छ। तपाईंहरुले यो उमेर समूहका कति जना लाई सासद बनाउनु भयो त? तपाईंहरुले सधैं बिक्रि गरेरहेको युवा शब्दलाई सभापति शेरबहादुर देउवाले सधैं व्यवहारमा लागु गर्नुभयो र पार्टीभित्र सधै युवाहरुलाई स्थान दिनुभएको छ, उदाहरणको लागि मनाङ सांसद योगेश गौचन थकलीलाई रहेका छन्।
तसर्थ, आदरणीय अग्रजहरु हाम्रो एउटै अपिल छ, तपाईं केही सिमित व्यक्तिले पद पाउनको लागि कांग्रेस प्रेमी कार्यकर्ताहरुमा भ्रम तथा अन्योल शृजना गरेर पार्टीभित्र भाँडभैलो मच्चाउने अभियानहरु तत्काल बन्द गर्नुस् । यो कुराले तपाईंहरूको सीमित स्वार्थ पूरा भए पनि पार्टी संगठन कमजोर हुँदै गएको छ। एकचोटी सोचौं र बुझ्यौँ।
लेखक थापा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation