१७ वैशाख २०८१, सोमबार

चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व सरकारले ग्रहण गर्छ : मन्त्री लिम्बू

  • १० असार २०८०, आइतबार
Image

काठमाडौं- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन्।

उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने उनको भनाइ थियो। 

उनले भने, ‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडि बढाएको यो रंगशालाको निर्माण कार्य अधुरो छ। अत्यन्त जटिल समस्याग्रस्त छ। यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको छ। यसको निमित्त शीर्षकमा हामीले एक लाख मात्रै विनियोजन गरेका छौं। सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको कुरा म अनुरोध गर्न चाहन्छु।’

उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए। त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित खवर