१० फागुन २०८०, बिहिबार

गणेशमान सिंह स्मृति फुटसल प्रतियोगिता असोज २ गते हुने

  • १ असोज २०८०, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसका अवसरमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।

काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए। प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन्।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन्। एक दिने प्रतियोगिताका खेलहरु बालवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ।

काठमाडौं जिल्लाका ११ पालिकाका एक सय ३८ वडाबाट छनौट भएर आएका टोलीबीच सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रूपमा मनाउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

९ फागुन २०८०, बुधबार
अछाममा जिप दुर्घटना