१६ वैशाख २०८१, आइतबार

महँगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनुपर्छ : कांग्रेस नेता बराल

  • ५ असोज २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन्। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितीको बैठकमा उनले कालो बजारी नियन्त्रण गर्नका लागि सरकारलाई पार्टीले ‘वानिङ’ दिनुपर्ने बताए।

उनले भने, ‘मुलुक धेरै जरजर अवस्थामा छ। समाजमा विकृति र विसंगति धेरै छ। व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ। हामी सहमतिको सरकारमा छौं। सरकारमा साझेदारी गरिरहेका छौं। आपूर्ती मन्त्रालय हामीसँगै छ तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ की तुरुन्त नियन्त्रण र अनुगमन गर भनेर।’

उनले बढिरहेको महँगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनेपर्ने बताए। जनताको चुलोचौको धेरै महंगो भएको र देशको अर्थतन्त्रलाई भरथेग गर्न व्यावसायीहरूलाई राहत दिने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया

सम्बन्धित खवर