२५ भदौ २०८१, मङ्गलबार

साइनिङ नेपालद्वारा विद्यार्थीलाई ल्यापटप वितरण

  • २० असोज २०८०, शनिबार
Image

काठमाडौं- साइनिङ नेपाल फाउन्डेसनले काठमाडौं महानगरपालिका-९‍ का सामुदायिक विद्यालयहरबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेको छ। विद्यार्थीहरुलाई प्रविधिसँग जोड्ने उद्देश्यले ९ नम्बर वडाका सामुदायिक विद्यालयहरुबाट गत एसईईमा प्रथम हुने विद्यार्थीलाई ल्यापटप वितरण गरिएको संस्थाको कोषाध्यक्ष राजेश लामिछानेले जानकारी दिए। 

विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै विद्यार्थीलाई सहज इन्टरनेट पहुँचका लागि सुविसु इन्टरनेटको नि:शुल्क सेवा पनि प्रदान गरिएको छ। सिविसु इन्टरनेट कम्पनीका सुदीप गौतमले एक वर्षसम्म नि:शुल्क सेवा प्रदान गर्ने पत्र कार्यक्रममा विद्यार्थीलाई वितरण गरे।

गुहेश्वरी उच्च माविका अमन यादव (३.६जीपीए), शारदा उच्च मावि - प्रनिषा न्यौपाने (३.५जीपीए) र मंगला देवी -करुणा खरेल(३.३५ जीपीए) लाई ल्यापटप वितरण गरिएको हो। 

पशुपति विकास कोषका नवनियुक्त सदस्य सचिव राजु केसीको प्रमुख आतिथ्यमा सम्पन्‍न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुनिल केसी र काठमाडौं महानगरपालिका-९ का जनप्रतिनिधिलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्‍न भएको हो। 


प्रतिक्रिया

सम्बन्धित खवर