१७ वैशाख २०८१, सोमबार

सहकारी ठग्‍ने समूहले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ : आरजु राणा

  • ८ माघ २०८०, सोमबार
Image

काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन्।

समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘ पछिल्लो समय हेरक दिन सहकारीको रकम घोटला लगायतका समाचारहरु सुनिन्छ। सहकारी समस्याको समाधान सरकारले दिने होइन। सरकारले के-के लाई समाधान दिन्छ। जसले ठगेको छ। त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ।’

उनले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन्। उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका वचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताइन्।

‘नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ तर सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहज रुपमा प्रयोग गर्ने। यो सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत छ। त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ।’ उनले भनिन्।

उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गरिन्। उनले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर